२६ जेठ २०८३, मंगलबार

सुकेटारमा हिउँ नसुकेपछि मुस्किलले उड्यो सेनाको हेलिकप्टर [फोटो फिचर]

फागुन १६, २०७५
सुकेटारमा हिउँ नसुकेपछि मुस्किलले उड्यो सेनाको हेलिकप्टर [फोटो फिचर]

काठमाडौं –ताप्लेजुङमा बुधवार भएको हेलिकप्टर दुर्घटनाका मृतकको शव बोकेर नेपाली सेनाको हेलिकप्टर सुकेटार विमानस्थलबाट काठमाडौंका लागि उडेको छ ।

सेनाको एमआई १७ हेलिकप्टर मध्याह्न १२ बजेर १० मिनेट जाँदा सुकेटार विमानस्थलबाट काठमाडौंका लागि उडेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

पाथीभरा मन्दिरमा दर्शन गरी फर्किने क्रममा भएको दुर्घटनामा परी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएको थियो ।

शव हिजै काठमाडौं ल्याउने तयारी भएपनि प्रतिकूल मौसमका कारण ढिलाइ भएको थियो । बिहानैदेखि भएको हिमपातका कारण मध्याह्न मात्र हेलिकप्टर उडाउन सम्भव भएको हो ।

सेनाको हेलिकप्टरले उडान भर्दासम्म पनि विमानस्थल हिउँले ढाकिरहेको थियो ।

काठमाडौं ल्याएपछि मन्त्रीअधिकारीसहित मृतकहरूको शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने छ ।

मन्त्री अधिकारीको अन्त्येष्टि भने गृहजिल्ला कास्कीमै गर्ने तयारी छ ।

तस्वीर : रासस

salt training

कमेन्ट गर्नुहोस्