२४ जेठ २०८३, आइतबार

टोयोटा रश रोड शो सफलतापूर्वक सम्पन्न

फागुन १६, २०७५
टोयोटा रश रोड शो सफलतापूर्वक सम्पन्न

काठमाडौं – युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालि (यूटीएस), टोयोटा–अन्तर्राष्ट्रिय स्तरको प्रसिद्ध मोटर उत्पादक टोयोटाको नेपालभरकै एकमात्र अधिकृत बिक्रेताद्वारा ‘टोयोटा रश रोड शो’को आयोजना भएको छ ।

७ दिने लामो कार्यक्रम काठमाडौं–चितवन–बुटवल–काठमाडौ भई सफलतापूर्वक समाप्त भएको छ । फागुन ८ गतेदेखि शुरूवात गरिएको कार्यक्रम करीब १७० किलोमिटरको यात्रा गरी सयौं ग्राहकलाई सक्रियतापूर्वक सहभागि गराई फागुन १४ गते काठमाडौंमा फर्की टुंगिएको छ ।

चितवन र बुटवलका उपभोक्तालाई प्रमुख लक्षित गरी आयोजना गरिएको कार्यक्रम दुवै शहरहरूमा २ दिनको कार्यक्रम सञ्चालन गरेको छ । चितवनमा ३ वटा रोड शो र बुटवलमा १ वटा रोड शो साथै दुवै शहरहरूमा अवस्थित अटो वेज प्रालिमा शोरुम इन्टर्याक्सन पनि गरिएको छ ।

कार्यक्रमले निकै सकारात्मक प्रतिक्रिया प्राप्त गरेको र अप्रत्याशित रुपमा ग्राहकहरूको सहभागिता दुवै शहरहरूमा देखिएको छ । यस रोड शोले दुवै शहरहरूमा ८० जना ग्राहकहरूलाई शोरुम इण्टर्याक्सन गराई अन स्पट १० वटा टोयोटा बुकिङ गर्न लिन सफल भएको छ । 

कार्यक्रममा रहेका विभिन्न सुविधा जस्तै न्यूनतम डाउन पेमेन्ट, नगद छुट, एक्सचेन्ज बोनस, १ वर्षको इन्स्योरेन्स, १ वर्षको सडक कर र टेस्ट ड्राइभमा उपहारहरूले यस रोड शोलाई तुलनात्मक रुपमा प्रतिष्पर्धीहरूभन्दा निकै अगाडि रहेको र सोही गतिमा बढ्ने कुरा सावित गरेको छ ।

‘यस कार्यक्रमले परम्परागत बिक्री शैलीलाई एउटा नयाँ स्वरुप दिएको छ । हामी यस कार्यक्रममा देखिएको सहभागिताले निकै खुशी र उत्प्रेरित भएका छौं र आगामी दिनहरूमा यस्तै किसिमका कार्यक्रम देशका अन्य शहरहरूमा पनि सञ्चालन गर्नेछौं,’ युटीएसका अधिकारीले भने । टोयोटाले परम्परागत शैलीलाई नयाँ बाटोतर्फ लागि आधुनिक र रचनात्मक ढंगले उत्पादन र सेवालाई अगाडि लागिरहेको छ । टोयोटाले ग्राहकहरूको फाइदा र चासोलाई मध्यनजर गरी अझ नयाँ कार्यक्रमको आयोजना गर्ने सो कम्पनीको उद्देश्य रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्