१६ असार २०८३, मंगलबार

एनआईसी एशिया बैंकका ग्राहकले अब घरैमा बसेर ग्राहक पहिचान अद्यावधिक गर्न सक्ने

फागुन १६, २०७५
एनआईसी एशिया बैंकका ग्राहकले अब घरैमा बसेर ग्राहक पहिचान अद्यावधिक गर्न सक्ने

काठमाडौं – एनआईसी एशिया बैंकले पछिल्लो समय विभिन्न ग्राहकमुखी योजना, ग्राहक मैत्री व्यवस्थापन, वस्तु तथा सेवाको उन्नत गुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन लगायतका अवयवमा केन्द्रित हुँदै निजी क्षेत्रबाट सञ्चालित बैंकमध्ये देशको सबैभन्दा ठूलो बैंक बन्न सफल भएको छ ।

यसै सिलसिलामा एनआईसी एशिया बैंकले आफ्नो ग्राहकको सुविधालाई मध्यनजर गर्दै ग्राहक पहिचान अद्यावधिक गर्न बैंकको शाखा कार्यालयमा स्वयं उपस्थित हुनपर्ने विद्यमान व्यवस्थालाई परिमार्जन गर्दै ग्राहकले घर तथा कार्यालयमा बसी झण्झटरहित तरिकाबाट इन्टरनेटको माध्यमबाट आफ्नो ग्राहक पहिचान अद्यावधिक गर्न सकिने व्यवस्था मिलाइएको छ ।

यस सुविधा अन्तर्गत ग्राहकले बैंकको आधिकारिक वेबसाइट www.nicasiabank.com मा लगइन गरी update KYC Online पोर्टलमा आफ्नो खाता नम्बर, मोबाइल नम्बर र ईमेल आईडी राखेर आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्न सक्नेछन् । ग्राहकलाई ग्राहक पहिचान अद्यावधिक गर्न सहजता होस् भन्ने उद्देश्यले यो सुविधा सञ्चालनमा ल्याइएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ७७ शाखा कार्यालय, २९० एटीएम, ३९ वटा एक्सटेन्सन काउन्टर एवं २३ वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. २१५ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करीब रू. १७१ अर्ब तथा कर्जा रू. १४९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरूमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म बैंकमा ग्राहकको संख्या करीब १४ लाख ५० हजार रहेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्