
एजेन्सी- भारत र पाकिस्तानबीच तनाव बढिरहेको छ । भारतले पुलवामा हमलाको जवाफ भन्दै पाकिस्तानको भूमिभित्रै बम पनि खसाल्यो । उता पाकिस्तानले पनि दुई भारतीय वायु सेवाको विमान खसालेको दाबी गर्यो ।
यसैबीच पाकिस्तानी विदेशमन्त्री शाह महमद कुरैशीले आफूहरू भारतसँग वार्ताका लागि तयार रहेको बताएका छन् । उनले यदि भारतले चाहेको खण्डमा आफूहरू वार्ताका लागि तयार भएको बताएका हुन् ।
विदेशमन्त्री कुरैशीले भने, 'दुई देशबीचको तनाव साम्य पार्न फोनमा पनि वार्ता गर्न सकिन्छ, हामी तयार छौं । के भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तयार छन् ?
कुरैशीले पाकिस्तान हरेक परिस्थितिका लागि तयार रहेको बताउँदै भने, 'यदि भारतले शान्तिलाई प्राथमिकता दिन्छ भने हामी वार्ताका लागि तयार छौं ।'