२७ असार २०८३, शनिबार

पाकिस्तानले गिरफ्तार गरेको भारतीय पाइलटलाई भोलि रिहा गर्ने

फागुन १६, २०७५
पाकिस्तानले गिरफ्तार गरेको भारतीय पाइलटलाई भोलि रिहा गर्ने

एजेन्सी- पाकिस्तानी प्रधानमन्त्री इमरान खानले गिरफ्तार गरेको भारतीय पाइलट अभिनन्दनलाई शुक्रवार रिहा गर्ने बताएका छन् । 

प्रधानमन्त्री खानले यो घोषणा बिहीवार संसदमा गरेका हुन् । 

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री खानले भने, 'हामीले भारतलाई चिठी लेख्यौं कि विदेश मन्त्रीबीच भेट गर्न चाहन्छौं । तर हामीले चित्तबुझ्दो जवाफ पाएनौं । हामीले यसको जवाफ किन पाएनौं भने भारतमा चुनाव हुँदैछ ।'

उनले शान्तिका लागि आफूहरूले भारतीय पाइलटलाई रिहा गर्न  लागेको बताए । 

उनले संसदमा भने, 'म यो भन्दिनँ कि पुलवामा भारतको हात थियो । तर हमलाको आधा घण्टाभित्रै हामीमाथि आरोप लाग्यो ।' 

salt training

कमेन्ट गर्नुहोस्