
काठमाडौं, ३० फागुन– भारतको दिल्लीमा नेपाली मूलकी एक महिलामाथि सामूहिक बलात्कार भएको छ । २६ वर्षीय पीडित महिला नग्न अवस्थामा एक भवनको पहिलो तलाबाट हाम फालेकी छिन् ।
हाम फाल्नु अघि उलने सडकमा मासिहरुसँग गुहार मागेकी थिइन् । तर कसैले पनि उनको सहयोग नगरेको र शरीर ढाक्न कपडासमेत नदिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यो घटना दिल्लीको पाण्डव नगर क्षेत्रमा भएको हो । प्रहरीले दिएको जानकारी अनुसार आइतबार विहान एक व्यक्तिले पीडितलाई बालकोनीबाट कुद्दै गरेको देखेका थिए । त्यसपछि उनले प्रहरीलाई खवर गरेका थिए ।
लगत्तै आएको प्रहरीले सामूहिक बतात्कारको शिकार भएकी उनलाई अस्पताल पु-याएको थियो । प्रहरीले उनीमाथि सामूहिक बलात्कार गरेको आरोपमा पाँच जनालाई गिरफ्तार गरेको छ ।
प्रहरीका अनुसार मुनिरका इलाकामा नवीन देशमुख नामक युयकले ती महिलालाई आफ्नो घर बोलाएको र अन्या ५ युवासँग मिलेर पटक पटक सामूहिक बलात्कार गरेका थिए । त्यसपछि कपडा च्यातिदिएर उनीहरु भागेका थिए ।