२२ जेठ २०८३, शुक्रबार

सडक पार गर्न लाग्दा टिपरको ठक्करबाट बालकको मृत्यु

फागुन १६, २०७५
सडक पार गर्न लाग्दा टिपरको ठक्करबाट बालकको मृत्यु

कैलाली– पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका–१ सुख्खडमा टिपरको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे१क ३२८ नं को टिपरले ठक्कर दिँदा घोडाघोडी नगरपालिका–१ सुख्खड पिपलडाँडाका ६ वर्षीय शुभम बस्नेतको मृत्यु भएको हो । उनलाई सडक पार गर्ने बेला टिपरले ठक्कर दिएको थियो । बस्नेतको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । टिपर चालक कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीका ४३ वर्षीय हिरासिंह धानुकलाई इलाका प्रहरी कार्यालय सुख्खडले नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्