११ असार २०८३, बिहीबार

कैलालीको गोदावरीमा राजधानी उपयुक्त छैन: सभापति देउवा

फागुन १६, २०७५
कैलालीको गोदावरीमा राजधानी उपयुक्त छैन: सभापति देउवा

धनगढी- नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको राजधानी कुनै पनि दृष्टिले कैलालीको गोदावरी उपयुक्त हुन नसक्ने बताउनुभएको छ । 

नेपाल प्रेस युनियन कैलालीले धनगढी विमानस्थलमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले भन्नुभयो, “गोदावरीको तेघरी जङ्गल मासेर राजधानी बनाउने कुरा उपयुक्त हुन सक्दैन ।” उहाँले वर्तमान दुई तिहाईको सरकारले एक वर्षमा कुनै पनि महत्वपूर्ण काम गर्न नसकेको आरोप लगाउनुभयो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सुदूरपश्चिमको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा कैलालीको गोदावरीलाई स्थायी राजधानी बनाउने प्रदेशसभाको निर्णयको स्वागत गर्नुभएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्