०१ असार २०८३, सोमबार

पोखरामा यसरी गरिनेछ स्वर्गीय अधिकारीको अन्त्येष्टि

फागुन १७, २०७५
पोखरामा यसरी गरिनेछ स्वर्गीय अधिकारीको अन्त्येष्टि

पोखरा– हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर शुक्रबार गृहनगर पोखरा लगिने भएको छ । अनेरास्ववियुका नेता अर्जुन अधिकारीले काठमाडौंमा श्रद्धाञ्जली कार्यक्रम सकिएपछि शुक्रबार दिउँसो १२ बजेसम्म पार्थिव शरीर ल्याई शवयात्राका साथ अन्त्येष्टि गरिने जानकारी दिए । 
आजको नयाँ पत्रिका दैनिक लेख्छ–अधिकारीको पार्थिव शरीर अन्त्येष्टिअघि अन्तिम श्रद्धाञ्जलीका लागि पोखराको प्रदर्शनी केन्द्रमा राखिनेछ । पोखरा र गण्डकी प्रदेशकै नागरिकले अधिकारीलाई श्रद्धाञ्जली दिन पाउने गरी प्रदर्शनी केन्द्रमा राख्ने व्यवस्था मिलाइएको छ । बायाँ (पूर्वपट्टि) बाट श्रद्धाञ्जली दिएर बायाँ (पश्चिमतर्फबाट) बाहिरिन मिल्ने गरी व्यवस्थापन गरिएको छ । 
 प्रदर्शनी केन्द्रमा अन्तिम सम्मान गरेपछि शवयात्रा नयाँ बजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाट लगी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्