काठमाडौं, ३० फागुन — कान हाम्रो शरीरको महत्त्वपूर्ण अंग हो । नियमित अन्तरालमा कान सफा गरिरहनुपर्छ । कानसँग आफ्नै सुरक्षाकवच केही हुँदैन जसका कारण धूलो आदि कानमा जम्मा भएर फोहोर बन्छन् । यिनै कणहरूले कानमा ब्याक्टेरियाजन्य संक्रमण गराउँछन् ।

यसका अलावा जाडो र बर्खाका बेलामा कानसम्बन्धी रोग त्यत्तिकै उब्जिन्छन् । जाडो, कर्कश ध्वनि, चोट, कानमा कीरा पस्दा वा धेरै मैलो जम्दा अनि नुहाउँदाखेरी कानमा पानी छिरेमा संक्रमण हुन्छ । कानको पीडा असहनीय हुन्छ । यसकै कारण चक्कर लाग्ने, बेस्सरी टाउको दुख्ने र ज्वरो आउने पनि हुन सक्छ ।
कानको पीडाबाट मुक्ति पाउन केही घरेलु टिप्स यहाँ बताइन्छ :
आहारमा भिटामिन सी भएका खानेकुरा जस्तै अम्बा, कागती, सुन्तला, मेवा जस्ता फललाई अवश्य समावेश गर्नुहोस् । यिनले कानको पीडा घटाउँछन् ।
तिलको तेलमा तीनवटा लसुनका पोटी पिँधेर हाल्नुस् अनि तताउनुस् । त्यसमाथि मिश्रणलाई शीशीमा भर्नुस् । अनि यसको चारपाँच थोपा कानमा हाल्नुस् । पीडाबाट तत्काल शान्ति पाइन्छ ।
अदुवाको रस दुई थोपा कानमा हाल्दा पनि पीडा कम हुन्छ ।
प्याजको रसले पनि कानको पीडा हटाउँछ । संक्रमण पनि हुन दिँदैन यसले ।
जैतूनको तेल अलिकति तताएर कानमा हाल्दा पनि कान दुख्न निको हुन्छ ।
तुलसीका ताजा पातहरूको रस दुई थोपा कानमा हाल्दा पनि राहत पाइन्छ ।
अनि कान सफा गर्दा तिखा फलामका कुरा प्रयोग नगर्नुस् । सबभन्दा राम्रो उपाय भनेको नुहाउनेबित्तिकै कान सफा गर्नु हो किनकि नुहाएपछि कानको व्याक्स नरम हुन्छ । कपासको नरम इयरबडले कान सफा गर्नुहोला ।
कानमा पीडा भएमा चिकित्सकको परामर्श लिनुहोला ।
पञ्जाब केसरीबाट