
हुन त अनुहारमा कोठी आयो भने सुन्दर देखिन्छ तर एक वा दुईवटा कोठी हुँदा मात्र सुन्दर हुने हो । एकदमै धेरै कोठी आए भने चाहिँ भद्दा देखिन थाल्छ । अनि त्यो कोठी हटाउन लेजर सर्जरी प्रयोग गर्छन् मानिसहरू । यो एकदमै महंगो पर्न जान्छ ।

तपाईंको अनुहारमा पनि चाहिनेभन्दा बढी कोठी छन् भने यहाँ हामी केही घरेलु उपाय बताउँदैछौं । तिनको प्रयोग गर्नुभयो भने यो समस्याबाट मुक्ति पाउनुहुन्छ ।
१. काँचो आलु
अनुहारको कोठी हटाउनका लागि काँचो आलु प्रभावकारी हुन्छ । पहिला आलुको टुक्रा बनाउनुस् अनि भित्री भागले आफ्नो अनुहारमा दल्नुस् । यसो गर्दा तपाईंमा छिट्टै निखार देखिनेछ ।
२. केराको बोक्रा
एउटा केराको बोक्रा लिनुस् र भित्री भागले कोठीमा राखेर माथिबाट सफा कपडाले बाँधिदिनुस् । रातभरि त्यत्तिकै राख्नुस् । नियमित यसो गर्दा कोठी आफैं झर्छ ।
३. भुइँकटहर
अनुहारभरि कोठी फैलिएको छ भने भुइँकटहरको जुस दिनको दुईतीनचोटि अनुहारमा दल्नुस् । अनि २० मिनेटपछि अनुहार धुनुस् ।
४. स्याउको झोल
राति सुत्नुअघि अनुहार धुनुस् अनि स्याउको झोलले अनुहारमा हलुका मसाज गर्नुस् । अनि रातभरि त्यत्तिकै राख्नुस् । बिहान उठेर अनुहार धुनुस् ।
५. मह
अलिकति मह र सनफ्लावरको तेल मिसाउनुस् । मिश्रणलाई नियमित रूपमा कोठीमा दल्नुस् । यसो गर्दा छाला चम्किन्छ अनि कोठी पनि गायब हुन्छ ।
पञ्जाब केसरीबाट