०४ असार २०८३, बिहीबार

निर्वाचन पर्यवेक्षकलाई सहयोगी भूमिका खेल्न आग्रह

कात्तिक २०, २०७४
निर्वाचन पर्यवेक्षकलाई सहयोगी भूमिका खेल्न आग्रह

काठमाडौँ, ३० फागुन - निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षण गर्ने संस्थाका प्रतिनिधिलाई स्थानीय निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउनका लागि सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

‘स्थानीय तह निर्वाचन २०७४ को पर्यवेक्षण निर्देशिका’ बारे पर्यवेक्षण गर्दै आएका सरोकार भएका संस्थासँगको अन्तक्र्रियामा प्रमुख निर्वाचन आयुक्त डा आयोधीप्रसाद यादवले विगतको अनुभवलाई आधार मानेर स्थानीय तहको निर्वाचनको पर्यवेक्षणको गुणस्तरीयतामा जोड दिन आग्रह गरे । डा यादवले यस पटक ७४४ स्थानीय तहका छ हजार छ सय ८० वडाबाट प्रतिनिधि निर्वाचित हुने जानकारी दिए । उनले भने , “हरेक वडाबाट महिला, दलित, सीमान्तकृतको प्रतिनिधित्व हुने व्यवस्था भएकाले पर्यवेक्षण गर्ने संस्थाले पनि पर्यवेक्षण प्रतिनिधि छनोट गर्दा समावेशी पक्षलाई ध्यान दिनुुहोला ।”

अन्तक्र्रियामा आयोगका उपसचिव मुकुन्द शर्माले ‘स्थानीय तह निर्वाचन पर्यवेक्षणसम्बन्धी नीति निर्देशिका र आचारसंहिताका प्रस्तावित व्यवस्था’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । पर्यवेक्षण गर्ने संस्थाका प्रतिनिधिले आयोगले पर्यवेक्षकको उमेर २१ वर्ष र शैक्षिक योग्यता दश जोड दुई वा सोसरह हुने प्रस्ताव राखेकामा त्यसलाई घटाउन र सातै प्रदेशमा कम्तीमा सय मतदानस्थलको पर्यवेक्षण गर्नुपर्ने प्रस्तावलाई सरलीकृत गर्न सुझाव दिएका छन् ।

उनीहरुले लेखा परीक्षणको प्रतिवेदन आयोगलाई प्रस्तुत गर्नुपर्ने व्यवस्था हुनुपर्ने, सहरी क्षेत्रका मतदानस्थलमा धेरै पर्यवेक्षण आएर मतदान अधिकृतलाई हैरान पार्ने तर दुर्गम क्षेत्रमा कसैको उपस्थति नहुने गरेको विगतको अनुभवलाई आयोगले ध्यान दिनुपर्ने पनि सुझाएका छन् । रासस

salt training

कमेन्ट गर्नुहोस्