२३ जेठ २०८३, शनिबार

अमेरिकामा ८ मिनेटमा ५ प्रस्तुति दिने यी नेपाली चर्चामा

कात्तिक २०, २०७४
अमेरिकामा ८ मिनेटमा ५ प्रस्तुति दिने यी नेपाली चर्चामा

काठमाडौं फागुन ३० –केही समय अघि खुकुरी काता प्रदर्शन गरी चर्चामा आएका उज्वल ठकुरीले अमेरिकाको साउथ क्यारोलीनामा भएको ४३ औ युनिभर्सल मार्सल आर्ट च्याम्पियनसीपमा आठ मिनेटको अन्तरमा पाचँ भिन्न डेमोन्सट्रेसन गरी अर्को सफलता पाएका छन् ।ujjwal
उनले ६० सेकेन्डमा दातले ४० पाउन्ड भार उठाउनुका साथै २० वटा टायल ब्रेक गरेका थिए । भन्डामा स्टाइलमा सो भार उठाएका उनले १० सेकेन्डमा १ सय पाउन्ड पनि उठाएका थिए ।
आफैले प्रतिपादन गरेको खुकुरी काता पनि उनले पहिलो पटक प्रश्तुत गरेका थिए ।
तेन्सो काता सहित उनले भन्डामा स्टाइलमा २० एलबीएस भार शरिरमा राखेका थिए ।
उनले १० सेकेन्डमा सोही स्टाइलमा १४० एलबीएस शरिरमा राख्नुका साथै दातले पनि उठाएका थिए । उनले सात फीट अग्लो ट्रफी र पाच भिन्न प्रमाणपत्र पाए ।
उनले अमेरिकाको आठ राज्यमा भएको मार्सल आर्ट च्याम्पियनसीपमा सहभागिता जनाइसकेका छन् ।
उनले साउथ क्यारोलीना, नर्थ क्यारोलीना, भर्जीनीया, वासिंघटन डीसी, मेरिल्यान्ड, पेन्सीलभीनीया, न्यु जर्सी र न्यु योर्कमा सहभागिता जनाइसकेका हुन् ।
 उनले गत महिना पेन्सीलभीनीयामा भएको अमेरिका गट ट्यालेन्टमा पनि सहभागिता जनाएका थिए ।
उनले अब दुइ राज्यमा डेमोन्सट्रेसनको तयारी गरिरहेका छन् ।
१४ बर्ष देखि भर्जीनीयामा बस्दै आएका उनले सन् २०१४ मा खेल जीवन सुरु गरेका थिए । भर्जीनीयाको मारिन गुजाउबाट उनले मार्सल आर्टमा दोश्रो डान पाएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्