
काठमाडौं – उत्तर कोरियाका नेता किम जोङ–उनका सौतेनी भाइको मलेसियामा भएको हत्याकी आरोपित भियतनामी महिलाले अदालतमा गवाही दिने भएकी छन् ।
सन् २०१७ को फेब्रुअरी महिनामा क्वालालम्पुर विमानस्थलमा किम जोङ–नेमको अनुहारमा भीएक्स नर्भ एजेन्ट नामक रासायनिक पदार्थबाट आक्रमण गरिँदा उनको मृत्यु भएको थियो ।
हत्यापछि संसार नै स्तब्ध भएको थियो । घटना गराएको आरोप भियतनामकी डान थी हाङ र इन्डोनेसियाकी सिति आसियामाथि लागेको थियो । महिलाहरूले हत्याको आरेप अस्वीकार गरेका छन् र आफूहरू एक प्राक्टिकल जोकमा भाग मात्र लिइरहेको र उत्तर कोरियाका एजेन्टहरूलाई आफूहरूलाई चलाखीका साथ फसाएको दाबी गरे ।
होङका वकिलहरूमध्ये एक सलीम बशीरले सोमवार यस मुद्दाको सुनुवाइ फेरि शुरू गरिँदा गवाही दिने बताए । मुद्दामा सुनुवाइ लामो समयदेखि रोकिएको थियो ।
प्रतिरक्षा पक्षका वकिलहरूले महिलालाई हत्या गराउनका लागि चलाखीका साथ फसाइएको बताए ।
एजेन्सी