२२ जेठ २०८३, शुक्रबार

कमल थापाको यस्तो घोषणा

कात्तिक २०, २०७४
कमल थापाको यस्तो घोषणा
काठमाडौं, १ चैत - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफू उपप्रधानमन्त्री बन्दैमा संविधान संशोधनको पक्षमा मतदान नगर्ने स्पष्ट पारेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूलाई संशोधन विधेयक जस्ताको तस्तै पारित गराउने गरी थापालाई उपप्रधानमन्त्री नियुक्त गरेको बताएलगत्तै उनले संशोधनमा सहयोग नगर्ने घोषणा गरेका हुन् ।KAMAL

आजको राजधानीमा खबर छ - बिहीबार मात्रै उपप्रधान तथा स्थानीय विकासमन्त्रीको जिम्मेवारी सम्हालेका राप्रपा अध्यक्ष थापाले यथास्थितिमा संशोधन विधेयकलाई समर्थन गर्नै नसक्ने र सदनमा निर्णयार्थ पेस गरे सरकारबाट बाहिरिएर विपक्षमा मतदान गर्ने घोषणा गरे ।

उपप्रधानमन्त्री थापाले संविधान संशोधनको विषयमा आफ्नो पार्टीको कुनै दुविधा र अस्पष्टता नरहेको प्रस्ट पारे ।

salt training

कमेन्ट गर्नुहोस्