२४ जेठ २०८३, आइतबार

देशभर सबै प्रकारका गोष्ठी, तालिम र सेमिनार गर्न रोक

कात्तिक २०, २०७४
देशभर सबै प्रकारका गोष्ठी, तालिम र सेमिनार गर्न रोक
काठमाडौँ, १ चैत - सरकारका सचिवहरूले स्थानीय तहको निर्वाचन नसकिएसम्म देशभर सबै प्रकारका गोष्ठी, तालिम र सेमिनार गर्न रोक लगाउने निर्णय गरेका छन् । सचिवहरूको सोमबार बसेको बैठकले घोषित निर्वाचन समयमै सम्पन्न गर्न १२ बुँदे निर्णयसमेत गरेको खबर नयाँ पत्रिकाले छापेको छ ।

मुख्यसचिव डा. सोमलाल सुवेदीको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको बैठकले स्थानीय तहको निर्वाचन सफल बनाउन भन्दै सरकारीस्तरबाट गोष्ठी तथा तालिम नगर्ने निर्णय गरेको हो । निर्वाचनमा कर्मचारी खटनपटनमा समस्या हुन सक्ने भएकाले त्यस्ता कार्यक्रम नगर्ने निर्णय भएको मुख्यसचिवका निजी सचिव गोकुल बस्नेतले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्