२५ जेठ २०८३, सोमबार

केन्यासँगकाे जितले नेपाललाई के फरक पार्‍यो ?

कात्तिक २०, २०७४
केन्यासँगकाे जितले नेपाललाई के फरक पार्‍यो ?
काठमाडौँ, १ चैत - विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले पाँचौँ चरण खेल पूरा गरेको छ । सोमबार केन्यामाथि जित हात पारेसँगै नेपालले १० खेलबाट ८ अंक बटुलेको छ । तर, नेपाल छैटौँ स्थानमै छ । पहिलो खेलमा नेपाललाई पाँच विकेटले पराजित गरेको केन्या १० अंकका साथ पाँचौँ स्थानमा छ । नेपालले अब बाँकी दुई चरणमा हङकङ र युएईसँग प्रतिस्पर्धा गर्नेछ, आजको नयाँ पत्रिकामा खबर छ ।cricket (1)

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले शीर्ष चार टोलीलाई सन् २०१९ को एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको छनोट चरण खेल्न पाउने अवसर दिनेछ । पाँचौँदेखि आठौँ स्थानमा रहने टोली डिभिजन–२ मा रहनेछन् । शीर्ष चारमा रहेर विश्वकप छनोट खेल्न नेपालले अब दुई चरणका चारवटै खेल जित्न पर्नेछ । शीर्ष चारमा पुग्न नेपालले सबै खेलमा जित निकालेर मात्र पुग्दैन, अन्य टोलीको नतिजामा पनि निर्भर हुनुपर्छ ।

जारी डब्लुसिएलमा एक खेलमा मात्र पराजित भएको नेदरल्यान्डको शीर्ष चारमा स्थान पक्काजस्तै छ । अबको समीकरणबाट पपुवान्युगिनी, स्कटल्यान्ड, हङकङ, केन्या र नेपालमध्ये तीन टोली शीर्ष चारभित्र पर्न सक्छन् । छैटौँ स्थानमा रहेको नेपाल शीर्ष चारमा पर्ने सम्भावना भने बाँकी नै छ ।

salt training

कमेन्ट गर्नुहोस्