०६ असार २०८३, शनिबार

सांसदले विधायकलाई जुत्तै जुत्ताले हिर्काएपछि ... (भिडियो)

फागुन २३, २०७५
सांसदले विधायकलाई जुत्तै जुत्ताले हिर्काएपछि ... (भिडियो)

काठमाडौं – भारतको उत्तर प्रदेशस्थित सन्त कबीरनगर जिल्लामा जिल्ला नियोजन समितिको बैठकमा भारतीय जनता पार्टीका सांसद शरद त्रिपाठी र विधायक राकेश सिंह बघेलबीच बुधवार झगडा हुँदा जुत्ता प्रहार भएको छ । 

घटनापछि विधायकका समर्थकहरूले कलेक्ट्रेटमा तोडफोड गरे । रातभरि विधायकका समर्थकहरू कलेक्ट्रेटबाहिर धर्नामा बसे । 

बिहीवार बिहान विधायकका समर्थकहरूले फेरि कलेक्ट्रेटमा तोडफोड गरेपछि जिल्ला प्रशासनमा विधायक समर्थकविरुद्ध मुद्दा दर्ता गरिएको छ । 

सन्त कबीर जिल्लाबाट भाजपा सांसद शरद त्रिपाठी र मेहदावल विधानसभा सीटबाट भाजपा विधायक राकेश सिंह कार्यक्रम चलिरहँदा भिडेका हुन् । त्रिपाठीको नाम शिलपट्टमा नभेटिएपछि उनी रिसाए र जुत्ता खोलेर विधायकलाई बेस्सरी पिटे । यस अवसरमा उत्तर प्रदेश सरकारका मन्त्री आशुतोष टन्डन पनि उपस्थित थिए । 

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । यसबाट भाजपाको निकै बेइज्जती भयो र जिल्लामा वातावरण पनि बिग्रियो । त्यसपछि जिल्ला नियोजन समितिको बैठक स्थगित भयो । 

विधायक समर्थकहरूले बिहीवार तोडफोड र नाराबाजी गरेपछि प्रहरी तथा जिल्ला प्रशासनले उनीहरूलाई रोक्ने कोशिश गरेको भए पनि उनीहरूले टेरेनन् । त्यसपछि प्रहरीले अज्ञात मानिसविरुद्ध मुद्दा दर्ता गरेको हो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्