०६ असार २०८३, शनिबार

ट्रम्पका सहयोगीहरूले विद्यालयलाई उनको ग्रेड लुकाउन दबाब दिएको खुलासा

फागुन २३, २०७५
ट्रम्पका सहयोगीहरूले विद्यालयलाई उनको ग्रेड लुकाउन दबाब दिएको खुलासा

काठमाडौं – आफूलाई मेधावी विद्यार्थी बताउने अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका विषयमा उनको विद्यालयले ठूलो खुलासा गरेको छ । 

ट्रम्पका सहयोगीहरूले विद्यालयलाई उनको ग्रेड लुकाउन दबाब दिएको दाबी गरेको छ । अमेरिकी मिलिटरी एकेडमीले ट्रम्पको किशोरावस्थाको एकेडमिक रेकर्ड सन् २०११ मा लुकाएको बतायो ।

द वाशिङटन पोस्टको रिपोर्टअनुसार, ट्रम्पका सहयोगीले विद्यालयमाथि दबाब दिएपछि उसले लुकाउने काम गरेको हो । 

ट्रम्पले तत्कालीन राष्ट्रपति बाराक ओबामालाई आफ्नो शैक्षिक रेकर्ड सार्वजनिक गर्न चुनौती दिएका थिए । ओबामा जस्ता मानिस पनि आइभी लीग स्कूलमा भएकोमा आफूलाई आश्चर्य लागेको ट्रम्पको भनाइ थियो । 

मिलिटरी स्कूलका प्रधानाध्यापक रहिसकेका इभान जोन्सले द वाशिङटन पोस्टलाई बताए, ‘विद्यालय निरीक्षक मकहाँ निकै डराउँदै आए अनि स्कूलका पूर्वविद्यार्थी एवं ट्रम्पका साथीहरूले उनको एकेडमिक रेकर्ड गोप्य राख्न भनेको बताए ।’

त्यतिखेर विद्यालय निरीक्षक रहेका जेफरी कोभरडेलले पत्रिकालाई बताएअनुसार, उनले ट्रम्पको रेकर्ड सुम्पिने स्कूलको ट्रस्टी बोर्डको अनुरोध खारेज गरिदिएका थिए । 

ट्रम्पले सैन्य स्कूलमा पाँच वर्ष बिताएका थिए । उनका आमाबुवाले उनलाई अनुशासित बनाउन चाहेकाले त्यहाँ राखेका थिए ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्