
काठमाडौं – सोलोमन टापुनजिक समुद्रमा एक ट्यांकरबाट ८० टन तेल बगेको छ । तेल बगिरहँदा ६ किलोमिटर परसम्म फैलिएको छ ।
यसले गर्दा स्थानीयहरूको दैनिक कामकाजमा नै असर परेको छ । तेल बगेकाले त्यहाँ रहेका माछाहरू मरेका छन् । मानिसहरूलाई खानेकुरा नै पुगेको छैन ।
समुद्रनजिक रहेका झरनामा तेल पुगेको छ र मानिसले पिउने पानी समेत पाएका छैनन् ।
तेल बगेर किनारामा पुगेपछि बालुवा पनि चिप्लो भएको छ । मानिसहरू समुद्रमा नुहाउन र पिकनिक मनाउन जान पाएका छैनन् ।
तेल थप चुहिनबाट रोक्नका लागि अधिकारीहरूले विभिन्न कोशिश गरिरहेका छन् ।
चार हप्ताअघि हङकङको जहाज एमभी सोलोमनबाट ८० टन तेल कोंगोबाइनियु रीफमा फैलिएको छ । ट्यांकरमा ७०० टन तेल थियो ।
फेब्रुअरी ५ मा हङकङको जहाजमा बउक्साइट राखिँदैथियो । त्यही बेलामा किनारमा चक्रवात आयो । एक हप्ताको प्रयासपछि जहाज निकाल्दा मुगाको चट्टानले ट्यांकरमा प्वाल पारिदियो र तेल चुहिन थाल्यो ।
स्थानीय विपत अधिकारीहरूका अनुसार, समुद्रको पानीमा नुहाएपछि केही मानिसको शरीर पोलेको छ । समुद्रमा चर्को दुर्गन्ध आएकाले रातमा सुत्न पनि नसकिएको मानिसहरू बताउँछन् ।
एजेन्सी