२३ असार २०८३, मंगलबार

सीके राउतलाई तारेखमा छाड्न सर्वोच्चको आदेश

फागुन २३, २०७५
सीके राउतलाई तारेखमा छाड्न सर्वोच्चको आदेश
फाइल तस्वीर

काठमाडौं – सर्वोच्च अदालतले स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले तारेखमा राखी मुद्दामा पुर्पक्ष गर्न दिन आदेश दिएको हो ।

राज्य विप्लवको आरोपमा जिल्ला अदालत रौतहटको आदेशमा राउत पुर्पक्षका लागि थुनामा छन् । सर्वोच्चले जिल्ला अदालतको उक्त आदेशलाई उल्ट्याइदिएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटले राउतलाई गएको असोज २१ गते नियन्त्रणमा लिएको थियो ।

राउतलाई गैरकानूनी ढंगले थुनिएको भन्दै सर्वोच्चका रिट परेको थियो । राउतका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरेका थिए ।

हेर्नुहोस्, पूर्णपाठ :

salt training

कमेन्ट गर्नुहोस्