
काठमाडौं – वर्तमान समयमा धेरै मानिस फेसबूक, ट्विटर र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल प्रयोग गर्छन् र त्यसैमा रत्तिएर बस्छन् ।
तर अमेरिकाको एयरलाइन्स कम्पनी जेट ब्लुले अनौठो अफर दिएको छ । यो कम्पनीले आफ्ना ग्राहकलाई एक वर्षको निःशुल्क हवाई यात्राको अफर दिएको छ । यसका लागि मानिसले आफ्नो इन्स्टाग्रामबाट सबै पोस्ट डिलिट गर्नुपर्ने हुन्छ ।
एयरलाइन्सले यो अफरलाई अल यू क्यान जेटको नाम दिएको छ । शुक्रवारसम्म चल्ने यो प्रतियोगितामा भाग लिने व्यक्तिले पुराना इन्स्टाग्राम पोस्ट डिलिट गरेर जेट ब्लूको टेम्प्लेटका साथ फोटो र कम्पनीलाई ट्याग गर्दै पोस्ट गर्नुपर्छ ।
यस पोस्टबाहेक अन्य कुनै पनि पोस्ट शुक्रवारसम्म गर्न पाइँदैन ।
कम्पनीको यो अफरपछि अनेकौं प्रयोगकर्ताले आफ्ना पुराना पोस्ट डिलिट गरेर कम्पनीसँग जोडिएको पोस्ट राखेका छन् ।
यसका लागि कुनै पनि यात्रीले टिकट किन्नुपर्दैन । यसबाहेक धेरै टिकट किन्ने मानिसले पनि प्रतियोगितामा भाग लिन पाउँदैन ।
कसैसँग इन्स्टाग्राम अकाउन्ट छैन भने पनि अकाउन्ट बनाएर प्रतियोगितामा भाग लिन सक्छ ।
तर प्रतियोगितामा अमेरिकी प्रयोगकर्ताले मात्र भाग लिन सक्छन् ।
एजेन्सी