काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ बचत योजना “सिटिजन्स विशेष बचत खाता” ल्याएको छ । आज मिति २०७५ साल फाल्गुन २२ गते बैंकको मुख्य कार्यालय भवन ,नारायणहिटी पथ, दरबारमार्गमा आयोजित एक कार्यक्रम बीच बैंकले “सिटिजन्स विशेष बचत खाता” योजना सार्वजनिक गरेको छ । यस योजना मार्फत ग्राहकहरूले आकर्षक ब्याजका साथसाथै बीमा सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।
रु १००।– मै खाता खोल्न मिल्ने “सिटिजन्स विशेष बचत खाता” कर्मचारीहरूको तलब खाता (पेरोल अकाउन्ट ) लागि अत्यन्तै फलदायी हुने विश्वास बैंकले लिएको छ । दैनिक मौज्दातमा वार्षिक ६.२५ % ब्याजदर प्रदान गरिने यस योजनाबाट ग्राहकहरुले आकर्षक ब्याजदर प्राप्त गर्नुका साथसाथै स्वास्थ्य र दुर्घटना मृत्यु बीमाको लाभ समेत प्राप्त गर्न सक्ने जानकारी बैंकले दिएको छ । यो योजनामा संलग्न हुने ग्राहकहरूका निम्ति रू एक लाख सम्मको स्वास्थ्य बीमा (अस्पताल भर्ना खर्च) र रू सात लाख सम्मको दुर्घटना मृत्यु बीमा गरिएको छ ।
औसत मौज्दात रकमको चार गुणासम्मको हुन आउने रकमको दाबी भुक्तानी गर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध गराउने कुरा बैंकले जानकारी दिएको छ । उत्कृष्ट सेवा प्रदान गर्ने हेतुले बैंकले यस योजना अन्तर्गत सहभागी भएका ग्राहकहरुका लागी विभिन्न प्रकारका सहुलियतहरू उपलब्ध गराएको छ । “सिटिजन्स विशेष बचत खाता” मा निःशुल्क भिषा डेभिड कार्ड, निःशुल्क अन्तर शाखा कारोबार (एबीबीएस), निःशुल्क आस्वा सेवा, निःशुल्क सिटिजन्स स्र्माट बैंकिंग सुविधा (मोबाईल), अनलाइन कारोवार गर्न सुरक्षित थ्रीडी सेक्योर प्रविधिमा निःशुल्क दर्ता, लकरको वार्षिक शुल्कमा ५०% छुट, विदेशी मुद्रामा ड्राफ्ट÷स्विफ्ट जारी गर्दा ५०% छुट, लगायत अन्य सेवाहरूमा ५०% सम्म छुट जस्ता अनेकन आकर्षक सहुलियतहरु उपलब्ध छन् ।
“योर पार्टनर फोर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याँउदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यल्ले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।