२४ जेठ २०८३, आइतबार

महिला फुटबलमा विराटनगरबाट नेपालको भाग्य फैसला हुँदै

फागुन २३, २०७५
महिला फुटबलमा विराटनगरबाट नेपालको भाग्य फैसला हुँदै

विराटनगर- विराटनगरमा पहिलो पटक हुन लागेको पाँचौ साफ महिला च्याम्पियनसिप महिला प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । विराटनगरको सहिद रङ्गशालामा आगामी फागुन २८ गतेदेखि पाँचौं साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता हुँदैछ ।

एन्फाका अध्यक्ष आङ्छिरिङ शेर्पाले विहीवार विराटनगरमा पत्रकार सम्मेलन गरी पूर्वाधार निर्माणको काम तथा खेलाडी व्यवस्थापन मिलाई सकेको बताए । शेर्पाका अनुसार नेपाल र नेपालीको इज्जत बढाउने भएको कारण साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिताका लागि आउँदो २६ गतेदेखि २८ गतेसम्ममा विराटनगरमा खेलाडी र अन्य गरेर करिब ३ सय विदेशी विराटनगरमा आउनेछन् ।

विराटनगरमै प्रतियोगिता गर्नुको मुख्य उद्देश्य नेपालले जित निकाल्नु भएको भन्दै अध्यक्ष शेर्पाले यस पटक इतिहास रच्ने दावी गरेका छन् । साफ च्याम्पीयनसिप हुने विराटनगरको रंगशाला अन्तराष्ट्रिय स्तरको बनाएको समेत उनले बताए ।

अध्यक्ष शेर्पाले टिकट वितरण बारकोड सिस्टममा हुने पनि पत्रकार सम्मेलनमा जानकारी दिए । यसो गर्दा नक्कली टिकट बनाएर हुनसक्ने अवैध कार्य रोकिने शेर्पाको भनाइ छ । प्रतियोगिताको सुरक्षाका लागि खेल मैदानमा स्वयंसेवक रहने, दोस्रो घेरामा प्रहरी र तेस्रो घेरामा सशस्त्र प्रहरीले सुरक्षा दिने जानकारी दिए । विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता हुन लागेको यो पहिलो पटक हो । सार्कका ६ राष्ट्र सम्मिलित साफ च्याम्पियनसिपमा नेपालको मुख्य प्रतिद्वन्द्वीको रुपमा भारत रहेको छ । नेपालको तर्फबाट टिम क्याप्टेन निरु थापा नेतृत्वमा खेलाडी रहनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्