१२ असार २०८३, शुक्रबार

भारत–पाकिस्तानबीचको विवादबारे चीन बोल्यो

फागुन २३, २०७५
भारत–पाकिस्तानबीचको विवादबारे चीन बोल्यो

बेइजिङ– चीनले भारत र पाकिस्तानबीच सकारात्मक भावना देखा पर्दै जानेमा आफू पूर्णतया आशावादी रहेको बताएको छ । 

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा भारत र पाकिस्तान वार्तामार्फत् विद्यमान मतभेदको समाधान गरेर सम्बन्धलाई सुमधुर बनाएर जानु राम्रो भएको बताए । 

पाकिस्तानी विदेश मन्त्रालयले बुधबार भारतका लागि पाकिस्तानी उच्च विशेषज्ञले पदभार सम्हाल्नका लागि चाँडै नयाँ दिल्ली फर्कने जनाएको छ । 

साथै पाकिस्तान तथा भारतले पाकिस्तान–भारत सीमा क्षेत्र कर्तापुर करिडोरबारे छलफल गर्न मार्च १४ र २८ तारिख एक–अर्कातर्फ प्रतिनिधि मण्डल पठाउने तयारी भइरहेको आफूले जानकारी पाएको लुले बताए ।
पाकिस्तानले भारतसँग उच्चस्तरीय सम्पर्क राख्दै जाने इच्छा पनि व्यक्त गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्