०६ असार २०८३, शनिबार

देउवाले सम्झाउदा पनि शेखरले टेरेनन्, कारबाही भने नगर्ने

फागुन २४, २०७५
देउवाले सम्झाउदा पनि शेखरले टेरेनन्, कारबाही भने नगर्ने

विराटनगर–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता शेखर कोइरालालाई आफूले जथाभावी नबोल्न सम्झाएको भए नि उनले नटेरेको बताएका छन् । 
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘शेखरजीलाई मैले दुईपल्ट भेटेरै सम्झाएको थिएँ तर, उहाँ रोकिनु भएन त्यही भएर मैले जवाफ दिएको हुँ ।’

नेतृत्वमा कोइराला आउनै नपाउने, चुनावमा उठ्नै नपाउने कुरा आफूले नगरेको पनि देउवाले बताए । 

नेता कोइरालालाई अनुशासनको कारबाही हुन्छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा देउवाले कांग्रेसमा कसैले बोल्दैमा कारबाही नहुने स्पष्ट पारे । 
उनले पार्टीको चौधौं महाधिवेशन समयमै हुने दावी गरे । 
आफू कार्यकाल लम्ब्याउने पक्षमा नरहेको समेत सभापति देउवाले बताए । 

चाक्सीबारी बैठकको बारेमा टिप्पणी गर्दै देउवाले साथीहरु बसेर जमघट गर्नु, छलफल गर्नु अनौठो नभएको बताए । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्