
काठमाडौं – स्पेस एक्सले अन्तरिक्ष यात्रा गराउने एक रकेट प्रक्षेपण गरेको छ । त्यो रकेट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन पुगेको छ ।
रकेटको माध्यमले नै अन्तरिक्ष यात्राको सपना साकार हुने भएको छ ।
रकेट क्याप्सुलले एक दिनमै कोशेढुंगा स्थापित गरिसकेको छ । ड्रागन क्याप्सुलको पहिलो परीक्षण उडानमा कोही पनि अन्तरिक्षयात्री थिएन । अहिले त्यसमा एउटा डम्मी पठाइएको छ ।
ड्रागन क्याप्सुल रकेट आइतवार बिहान अन्तर्राष्ट्रिय स्पेस स्टेसन पुगेको हो । यो हप्ताभरि डेमो सफल भएमा मानिसहरू व्यावसायिक रूपमा अन्तरिक्ष पुग्नेछन् ।
स्पेस एक्स नासाको व्यापारिक क्रू प्रोग्रामअन्तर्गत दुई अन्तरिक्षयात्रीलाई अर्को वर्षको गर्मीमा पठाइनेछ । यसमा राखिएका सेन्सरले रकेटमा रहेका मानिसलाई कस्तो परिस्थितिको सामना गर्नुपर्ने हो भन्ने विषयको जानकारी दिनेछ ।
रकेटमा राखिएको डमी यात्रीको नाम रिपली राखिएको छ ।
स्पस एक्स क्यालिफोर्नियाको एक कम्पनी हो ।
एजेन्सी