०७ असार २०८३, आइतबार

ट्रम्पका चुनाव अभियान प्रमुख मानाफोर्टलाई दिइयो ४७ महिनाको कैद सजाय

फागुन २४, २०७५
ट्रम्पका चुनाव अभियान प्रमुख मानाफोर्टलाई दिइयो ४७ महिनाको कैद सजाय

काठमाडौं – अमेरिकामा राष्ट्रपति चुनावका बेलामा डोनल्ड ट्रम्पको निर्वाचन अभियान प्रमुख रहेका पल मानाफोर्टलाई बिहीवार ४७ महिनाको कारावास सजाय दिइएको छ । करछली तथा बैंक ठगीका अपराधमा यो सजाय दिइएको हो । 

युक्रेनमा राजनीतिक सल्लाहकारका रूपमा करोडौं डलरको कमाइ लुकाएकोमा उनलाई गत वर्ष अभियुक्त बनाइएको थियो । 

अवैध पैरवीको अर्को मुद्दामा उनलाई आगामी हप्तामा सजाय दिइनेछ । 

ट्रम्पको निर्वाचन अभियानले सन् २०१६ को चुनाव जित्न रुससँग साँठगाँठ गरेको विषयमा छानबिन गर्ने क्रममा यो अभियोग आएको हो । 

यूएस डिपार्टमेन्ट अफ स्पेसल काउन्सेल रोबर्ट मुलरले २२ महिना लामो अनुसन्धान अब सक्न लागेको बुझिएको छ । उक्त अनुसन्धानले ट्रम्पको राष्ट्रपतित्व कालमा निकै समस्या दिएको छ । 

मानाफोर्टले २४ मिलियन डलर रेस्टिट्युसन र ५० हजार डलर जरिवाना पनि तिर्नुपर्नेछ । 

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्