२६ जेठ २०८३, मंगलबार

शिक्षा र स्वास्थ्य निःशुल्क गर्न युवाको माग

फागुन २४, २०७५
शिक्षा र स्वास्थ्य निःशुल्क गर्न युवाको माग

काठमाडौं- शैक्षिक क्षेत्रका युवा अभियानकर्मीले आम नागरिकका लागि सरकारले शिक्षा र स्वास्थ्यमा निःशुल्क गर्नुपर्ने माग गरेका छन् ।

युवा अभियानकर्मीले शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गरी शिक्षा, स्वास्थ र रोजगार जस्ता नेपालीका मौलिक अधिकारबाट कोही पनि नागरिक वन्चित नहुन भन्नका लागि सरकारले निःशुल्क गर्नुपर्ने माग गरेका हुन् । 

'हामी निरन्तर सडकमार्फत दबाब दिँदै आइरहेको सर्वविदितै छ, हाम्रो माग प्रष्ट छ, स्वास्थ शिक्षा जस्तो अत्यन्तै संवेदनशील क्षेत्र सबै नागरिकको पहुँचमा निःशुल्क र सर्वसुलभ हुनुपर्छ भन्ने नै हो,' पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

अभियानकर्मी विजय थापाले 'नेपालमा मेडिकल कलेजकै अभावमा अध्ययनकै लागि विदेशिनुपर्ने बाध्यात्मक कारणबाट हजारौं नेपाली प्रताडित छन् । त्यसैले पनि सरकारले नेपालमा शिक्षामा सबैको पहुँच बारेमा गम्भीरतापूर्वक सोच्नुपर्छ' भने । 

अध्ययनका सिलसिलामा बङ्लादेश, अष्ट्रेलिया र भारतलगायतका देशमा गएका हजारौं नेपाली विद्यार्थी अलपत्र भएको बारेमा समेत उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्