२२ जेठ २०८३, शुक्रबार

विमानमा दिइने खानामा दाँत भेटिएपछि ...

फागुन २४, २०७५
विमानमा दिइने खानामा दाँत भेटिएपछि ...

काठमाडौं – विमानको यात्रामा गर्दा पाइने खाना प्रायः राम्रो हुँदैन । तर सिंगापुर एयरलाइन्सको एक उडानमा दिइएको खाना नै निकै नै रद्दी थियो । 

ब्य्राडली बटन नामक अस्ट्रेलियाली यात्री मेलबोर्नबाट न्युजील्यान्डको वेलिङटन गइरहेको बेलामा उनलाई उडानका क्रममा दिइएको भातमा अर्कै मान्छेको दाँत परेको थियो । 

खाना खाने क्रममा उनलाई अनौठो अनुभव भयो र थुक्दा त दाँत देखियो । उनको आफ्नो दाँत झरेको नभई अर्को मान्छेको दाँत थियो त्यो ।

त्यसपछि उनले बान्ता गरे अनि यात्राभरि उनलाई गाह्रो भइरह्यो ।

उनले भने, ‘अर्काको शरीरको अंग मेरो खानेकुरामा पाउँदा मलाई निकै घिन लाग्यो । मैले विमान परिचारिकालाई यो कुरा बताउँदा उनले दाँत लगिन् । पछि आफ्नो गल्ती नस्वीकारिकनै एयरलाइन्सले त्यो त सानो पत्थर भएको बतायो । तर त्यो दाँत नै थियो ।’

यसै क्रममा एयरलाइन्सले खानेकुरामा बाहिरको वस्तु परेको कुरा स्वीकार गर्दै ती यात्रुलाई ७५ डलर बराबरको क्षतिपूर्ति दिएको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्