
काठमाडौं– सरकारसँगको सहमतिपछि स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतले आफूहरूको समस्या शान्तिपूर्ण अवतरण भएकोमा खुशी भएको बताएका छन् ।
सहमतिपछि सोही समारोहमा बोल्दै राउतले विकराल रूपमा बढ्दै गएको समस्या शान्तिपूर्ण अवतरण भएको निकै खुशी रहेको बताएका हुन् ।
आफूहरूले उठाएको मुद्दाप्रति सरकार निकै चिन्तित बनेको र आफूहरू पनि निकै रहेको भन्दै उनले आज शान्तिपूर्ण रुपमा आफूहरूको समस्या अवतरण हुँदा आजको दिन निकै ऐतिहासिक रहेको समेत राउतले बताए ।
‘विकराल समस्याको रूपमा जुन मुद्दा उठिरहेको थियो । त्यस विषयमा राज्य पनि निकै चिन्तित थियो र त्यस मुद्दाले कस्तो मोड लेला भनेर हामी पनि निकै चिन्तित थियौं,’ उनले भने, ‘त्यसले भयानक रूप लेला भनेर हामी पनि चिन्तति थियौं । त्यसको शान्तिपूर्ण रूपमा अवतरण भयो ।’
त्यस्तै उनले आफूहरू बुद्धका सन्तान भएकाले आफूहरूलाई अंहिसा सिकाउनु नपर्ने बताए ।