०९ साउन २०८३, शनिबार

सीके राउतसँगको सहमति बाबुरामले देखे ‘गलपासो’ बन्ने खतरा

फागुन २४, २०७५
सीके राउतसँगको सहमति बाबुरामले देखे ‘गलपासो’ बन्ने खतरा

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले स्वतन्त्र मधेश गठबन्धनसँग भएको सहमतिको बुँदा नम्बर २ भोलिको दिनमा गलपासो बन्ने खतरा औंल्याएका छन् । 

राउतसँगको सहमति बाहिर आएपछि समाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै डा. भट्टराईले ‘असन्तुष्टीहरूलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान’ गर्ने भनेको ‘जनमतसंग्रह’ हो कि के हो भन्नेबारे प्रष्ट हुनुपर्ने बताएका हुन् । 

‘अदालतले तारेखमा रिहाइ गरेको भोलिपल्ट भएको मधेशी पृथकवादी सीके राउत र पहाडी राष्ट्रवादी नेकपा सरकार बीचको सहमति नाटकीय देखिए पनि सकारात्मक मान्नुपर्छ ! बरू २ नं बुँदाको 'असन्तुष्टीहरूलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान' भनेको 'जनमत संग्रह”हो कि के हो, भोलि गलपासो बन्ला है !,’ बाबुरामले लेखेका छन् ।

 

राजनीतिक सहमति घोषणा कार्यक्रमपछि राउत समूहका नेताले बुँदा नम्बर २ मा लेखिएको कुरा जनमत संग्रह नै भएको दाबी गरेका थिए । 

के छ २ नम्बर बुँदामा ?

हामी आफ्ना राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्देश्यहरू प्राप्तिका निम्ति शान्तिपूर्ण एवं लोकतान्त्रिक बाटोबाट अघि बढ्नुपर्छ भन्ने मान्यतामा दृढ छौं । नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई–मधेशलगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिहरूलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं ।
 


 

salt training

कमेन्ट गर्नुहोस्