२८ जेठ २०८३, बिहीबार

जसले लगातार २८ पटक चुनाव हारे

फागुन २५, २०७५
जसले लगातार २८ पटक चुनाव हारे

एजेन्सी- एउटा मानिसले आफ्नो जीवनकालमा कति पटकसम्म चुनावमा उम्मेदवारको रूपमा भाग लिन सक्ला ? ५, १० या १५ । तर भारतका ८४ वर्षीय श्यामबाबु सुबुधी लगातार २८ वटा निर्वाचनमा भाग लिइसके । उनले अहिलेसम्म एउटा पनि चुनाव जितेका छैनन् । 

भारतमा अबको लगभग तीन महिनाभित्र लोकसभाको निर्वाचन हुँदैछ । सबै दलका नेताहरूले टिकटका लागि लविङ थालेका छन् । भारतको यस निर्वाचनमा मानिसहरूको ध्यान बीजेपी र कांग्रेसमा छ । तर श्यामबाबुले भने यसपटकको लोकसभाको निर्वाचनमा स्वन्त्रत्र उम्मेदवारको रूपमा लड्ने निर्णय गरेका छन् । सन् १९६७ देखि हालसम्म एउटा पनि चुनाव नजितेका श्यामबाबुलाई अझै आफूलाई जनताले चुन्ने विश्वास छ । उनी यस पटक ओडिशाको गंजम जिल्लाका दुई सिट अस्का र बरहामपुरबाट स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव लड्नेछन् । 

सन् १९५७ मा उनले तत्कालीन मन्त्री वृंदावन नायकविरुद्ध पहिलो पटक चुनाव लडेका थिए । बरहमपुरमा स्कूलको विषयमा झगडा भएपछि उनी चुनावमा उठ्ने फैसला लिएका थिए ।बीबीसीसँग कुरा गर्दै उनले भने, 'म हिंजिली विधानसभा क्षेत्रबाट चुनावमा उठेको थिएँ र हारेँ । भलै श्यामबाबुले हारे पनि उनको स्टाइल मानिसहरूबीच चर्चित बनेको थियो । उनी सधैँ क्याप, कालो ब्याग र सूटमा देखिन्थे । उनी गर्मी र जाडो दुवै याममा उस्तै पहिरन लगाउँथे । 

सन् १९६२ मा उनले पहिलो लोकसभा चुनाव लडेका थिए । उनका अनुसार उक्त चुनावमा आफ्नो उम्मेदवारी हार र जीतका लागि थिएन । उनलाई विश्वास छ कि नेताको रूपमा उनलाई जनताले चुन्नेछन् । श्यामबाबु  पेशाले होमियोप्याथीका डाक्टर हुन् । उनी जति कमाउँछन्, चुनाव प्रचारप्रसारको क्रममा सबै सक्छन् । चुनावको बेलामा उनी पर्चा छपाउँछन् र ठाउँ-ठाउँ पुगेर बाँड्छन् ।   

श्यामबाबुले सन् १९९६ मा आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण चुनाव लडेका थिए । त्यसपटक बरहमपुर सिटका उनका निकै बलिया प्रतिद्वन्द्वी पूर्वप्रधानमन्त्री नरसिम्हा राव थिए । त्यसपटक पनि श्यामबाबुले हारको सामना गर्नुपर्‍यो । यति मात्र होइन, ओडिशाका पूर्वमुख्यमन्त्री बीजू पटनायक र जे. बी पटनायकविरुद्ध पनि उनी चुनावी मैदानमा उत्रिए । सबै पटक हार खाए । तपाईं चुनाव किन लड्नुहुन्छ ? भन्ने प्रश्नमा उनी भन्छन्, ' म राजनीतिमा उत्रिएर भ्रष्टाचारलाई पूर्ण रूपमा सखाप पार्छु ।' 

salt training

कमेन्ट गर्नुहोस्