०२ असार २०८३, मंगलबार

प्राविधिक शिक्षा आजको आवश्यकता होः मन्त्री रावल

फागुन २५, २०७५
प्राविधिक शिक्षा आजको आवश्यकता होः मन्त्री रावल

सुर्खेत- कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले प्राविधिक शिक्षा आजको आवश्यकता भएको बताएका छन् । शनिवार पञ्चपुरी नगरपालिका विद्यापुरको जनता माध्यमिक विद्यालयमा शैक्षिक एवम् धार्मिक महोत्सव उदघाटन गर्दै उनले यस्तो बताएका हुन ।

‘यहाँहरुले प्राविधिक शिक्षालय स्थापना गर्न महोत्सवको आयोजना गर्नु भएको छ,’ मन्त्री रावलले भने, ‘प्राविधिक शिक्षालयका लागि आफ्नो र मन्त्रालयको तर्फबाट सबैखालका सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

पश्चिम सुर्खेत खास गरी कृषि, पर्यटन र शैक्षिक क्षेत्रका लागि उर्वर भूमि भएको बताउँदै मन्त्री रावलले शैक्षिक संस्थाका लागि जनता आफै जाग्नु सकारात्मक कुरा भएको बताए । प्राविधिक शिक्षा आजको आवश्यकता भएकाले विद्यापुरमा छिटो प्राविधिक कक्षाहरु सञ्चालन हुनेमा आफू आशावादी भएको उनको भनाई थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश सभा सदस्य तथा सुर्खेत क्षेत्र नं. २ ‘ख’ का सभासद् विन्दमान बिष्टले प्राविधिक शिक्षालाई यो क्षेत्रको मात्र नभएर देशकै उत्कृष्ट शिक्षालयको रुपमा स्थापना गर्नुपर्नेमा जोड दिए । विद्यापुर आफैमा वौद्धिक जमातहरुको थलो भएको बताउदै सभासद् बिष्टले प्राविधिक शिक्षालय स्थापनाका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग रहने उनको भनाई छ ।

महोत्सव उद्घाटन अघि हजारौंको संख्यामा रहेका भक्तालुजनहरु कलश यात्रा सहित विद्यापुर बजार हुँदै त्रिवेणी पुगेर फर्किएका थिए । विद्यापुरमा शुरु भइरहेको शैक्षिक एवम् धार्मिक महोत्सवलाई विद्यापुर जन्मथलो भइ देश विदेशमा रहेका व्यक्ति तथा शुभचिन्तकहरुबाट आर्थिक सहयोग संकलनका लागि हातेमाले गर्ने काम भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्