१२ असार २०८३, शुक्रबार

समितिमा नयाँ नजिर , अन्सारी स्वतः अनुमोदित

फागुन २६, २०७५
समितिमा नयाँ नजिर , अन्सारी स्वतः अनुमोदित

काठमाडौँ– संसदीय सुनुवाइ समिति अनिर्णित हुँदा राष्ट्रिय मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित समिम मियाँ अन्सारी स्वतः अनुमोदित भएका छन् । 
सुनुवाइका लागि समितिमा पत्राचार भएको ४५ दिनभित्र कुनै निर्णय हुन नसके नियुक्तिमा बाधा नपर्ने सङ्घीय संसद्को संयुक्त बैठक र समिति सञ्चालन नियमावलीको व्यवस्था अनुसार अन्सारीबारे अब समितिले कुनै निर्णय गर्ने छैन । समितिमा पत्राचार भएको मितिले शुक्रबार ४५ दिन पुगेको छ । 

अब समितिले हालसम्म भएका काम कारबाहीको रायसहितको विवरण भने संवैधानिक परिषद्मा पठाउनेछ । 
प्रस्तावित अध्यक्ष अन्सारीका विषयमा समितिमा विवाद भए पनि अस्वीकृत गर्ने स्पष्ट बहुमत थिएन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद, प्रमुख विपक्षी दल नेपाली काँग्रेस र सङ्घीय समाजवादी फोरमको बहिस्कारबीच अन्सारी विवादमा फसे पनि नियुक्तिका लागि योग्य ठहर भएको खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्