
काठमाडौं– रिपोर्टर्स क्लब नेपालका अध्यक्ष एवं पत्रकार ऋषि धमला चढेको कार आइतबार बिहान दुर्घटनामा परेको छ । रानीबारीस्थित निवासबाट नेपाली रेडियो नेटवर्कको कार्यालय अनामनगर आउने उनको कार लैनचौरमा दुर्घटनामा परेको हो ।
बिहान करीव साढे पाँच बजे विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल धमलाको कारमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार तीनजना र कारचालक घाइते भएका छन् । कारचालक नारायण गौतमको हातमा चोट लागेको छ भने मोटरसाइकलमा सवार तीनैजनाको खुट्टामा चोट लागेको छ ।
पत्रकार धमलाको अवस्था सामान्य रहेको पत्रकार जीवन भण्डारीले जानकारी दिए ।