१५ असार २०८३, सोमबार

एक श्रीमान जो श्रीमतीको हत्या गरेर रातभर लाशसँगै सुते

फागुन २६, २०७५
एक श्रीमान जो श्रीमतीको हत्या गरेर रातभर लाशसँगै सुते

काठमाडौं– भारतको दिल्लीमा एक महिलाले आफ्ना श्रीमानलाई मदिरा सेवनमा रोक लगाउँदा उनको हत्या भएको छ । श्रीमानले उनको हत्या गरेपछि रातभर लाशसँगै सुतेका छन् । 

हिन्दुस्तान टाइम्सका अनुसार दिल्लीको निहाल विहार इलाकामा ३० वर्षीय प्रेम सिंहले आफ्नै श्रीमती बबलीको हत्या गरेका हुन् । उनीहरु दुवैजना भाडाको घरमा बस्दै आएका थिए । फरार रहेका प्रेमलाई प्रहरीले पक्रेको छ । 

प्रहरीसँगको बयानमा प्रेमले श्रीमतीसँग मदिरा सेवनका विषयमा झगडा भएको बताएका छन् । विवाद पछि उनको हत्या गरेको स्वीकार गरेका छन् । उनीहरुका दुई सन्तान पनि छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्