१६ असार २०८३, मंगलबार

सदनमा गगनको प्रश्न- केका र कसका लागि जनमतसंग्रह ?

फागुन २६, २०७५
सदनमा गगनको प्रश्न- केका र कसका लागि जनमतसंग्रह ?

काठमाडौं -सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको सहमतिबारे सदनलाई जानकारी गराउन प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारसँग माग गरेको छ ।

प्रतिनिधि सभाको आइतवारको बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद गगन थापाले सीके राउतसँगको सहमतिबारे जानकारी गराउन माग गरेका हुन् ।

'सहमतिमा प्रयोग भएका शब्दावलीमा दुई पक्षको आ-आफ्नै व्याख्याले सकारात्मक वातावरणलाई संशयको घेरामा ल्याएको छ । केका लागि जनमतसंग्रह र कसका लागि जनमतसंग्रह हामीलाई जवाफ चाहिन्छ,' गगनले भने,
'अत: सहमतिका बारेमा सदनलाई जानकारी गराउन सरकारसँग माग गर्दै यस विषयमा सदनमा छलफल गराउने प्रबन्धका लागि सम्माननीय सभामुख महोदयसँग जोडदार अनुरोध गर्दछु ।'

उनले सहमतिको पृष्ठभूमि र शैली हेर्दा अदालत र सरकारबीच मिलीभगत त छैन भन्ने शंका उत्पन्न भएको समेत बताए ।

'नेपाल सरकार र पृथकतावादको नारा लिएको स्वतन्त्र मधेश गठबन्धनबीच नेपालको संविधानको सीमाभित्र मधेश र मधेशीको हक खोज्ने भनी भएको सहमति सकारात्मक छ,' गगनले भने, 'तर सहमतिको पृष्ठभूमि र शैलीले सरकार र अदालतबीच कतै मिलीभगत त छैन भन्ने गम्भीर प्रश्न उठाएको छ ।'

salt training

कमेन्ट गर्नुहोस्