×

NMB BANK
NIC ASIA

‘तातोपानी कुण्डमा डुबुल्की मारेर सँगै नुहाउँदैमा आन्तरिक एकता हुँदैन' - वरिष्ठ नेता पौडेल

फागुन २६, २०७५

NTC
Premier Steels

पोखरा- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तातोपानी कुण्डमा सँगै डुबुल्की मारेर नुहाउँदैमा आन्तरिक एकता नहुने बताएका छन् ।

Muktinath Bank

नेपाल प्रेस युनियन कास्कीका नव निर्वाचित कार्यसमितिलाई बधाई दिन कास्की कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भावनात्मक रुपमा एकता नभएको बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘तातोपानी कुण्डमा सँगै डुब्दैमा एकता हुँदैन । व्यवहारमा नभई मुखले हामी एक भयौं भन्दैमा एकता हुने होईन’ उनले भने, ‘तातोपानीमा सँगसँगै डुब्यो भन्दैमा एकता भएको भनी प्रचार गर्नुको कुनै तुक छैन् ।


Advertisment
Nabil box
Kumari

नेता पौडेलले पार्टीमा आन्तरिक रुपमा एकता हुनका लागि आफूले उठाएको एजेण्डामा एकता हुनु पर्ने बताए । 'आन्तरिकरुपमा एकता हुन एजेण्डमा एकता हुनु पर्यो, इस्युमा एकता हुनुपर्यो,' उनले भने, ‘तबमात्र वास्तविक एकता कायम हुन्छ ।’

Vianet communication

कांग्रेस सभापति शेरबहादुर देउवा र पौडेलले यही शनिवार म्याग्दीमा रहेको तातोपानी कुण्डमा सँगै नुहाएका थिए । त्यसको भोलिपल्टै पौडेलले कुण्डमा डुबेको कुरालाई एकतासँग नजोड्न कार्यकर्तालाई आग्रह गरेका हुन् ।

नेता पौडेलले स्थायी स्वार्थ रहिरहेसम्म एकता कायम हुन नसक्ने बताए । ‘स्वार्थमा लिप्त भएसम्म एकता हुँदैन' उनले भने ।

नेता पौडेलले पार्टीभित्रको अनुशासन समिति र निर्वाचन समिति स्वतन्त्र नभएको समेत आरोप लगाए । ‘न्यायिक समितिले सबैलाई समान न्याय दिन पर्छ तर, पार्टीमा त्यो हुन सकेको छैन,' पौडेलले भने, ‘न्यायलय निष्पक्ष हुनुपर्छ,पक्षपाती भए जनताले न्याय पाउँदैनन् ।’

नेता पौडेलले वर्तमान दुई तिहाईको कम्युनिष्ट सरकार पूर्णरुपमा असफल भएको आरोप लगाए । ‘मुलुकमा शान्ति कायम गर्न, सुशासन तथा सुरक्षाका मामिलामा सरकार पुरै असफल भइसकेको छ, यसलाई आधार बनाएर नेपाली कांग्रेस जनताको माझमा जानुपर्छ,' पौडेलले भने, ‘निर्मला पन्तको घटना मात्र होइन, अन्य ठाउँहरुमा समेत हत्या, हिंसाका घटना घटिरहेका छन, सरकार निरीह बनिरहेको छ, अपराधीको पत्ता लगाउन अझै पनि सकेको छैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x