१२ असार २०८३, शुक्रबार

फास्ट ट्रयाकको प्रतिवेदन यसै साता सरकारलाई बुझाइने

फागुन २७, २०७५
फास्ट ट्रयाकको प्रतिवेदन यसै साता सरकारलाई बुझाइने

काठमाडौँ–नेपाली सेनाले काठमाडौँ तराई द्रूत मार्ग (फास्ट ट्रयाक) को विस्तृत परियोजना प्रितिवेदन (डीपीआर) यसै साता सरकारलाई बुझाउने भएको छ । 
नेपाली सेनाको द्रूत मार्ग परियोजना प्रमुख योगेन्द्र खाँडले कोरियाली कम्पनी योसिन र पेङ्गवाले तयार पारेर परियोजनालाई बुझाएको प्रतिवेदनको अन्तिम रूप दिने काम भइरहेको बताउँदै मन्त्रिपरिषद्बाट पारितका लागि सरकारलाई यसै हप्ता सो प्रतिवेदन बुझाउने बताए । 

प्रतिवेदन मन्त्रिपरिषद्बाट पारित भएसँगै सेनालाई निर्माणको काम द्रूत गतिमा अगाडि बढाउन बाटो खुल्ने र निर्माणको कामले अझै गति लिने उनले बताए । 
यस अघि प्रारम्भिक विस्तृत परियोजना प्रितिवेदन फेब्रुअरी महिनामा नेपाली सेनाको मुख्यालयम बुझाइएको थियो । 
सरकारले यो प्रतिवेदन अनुमोदन गर्ने बित्तिकै सेनालाई सुरुङ्ग, पुल जस्ता ठूला निर्माण कार्य अगाडि बढाउन सहज हुने उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्