२५ जेठ २०८३, सोमबार

गुडिरहेको कारमा आगो लाग्यो, आमा–छोरीको जलेर मृत्यु

फागुन २७, २०७५
गुडिरहेको कारमा आगो लाग्यो, आमा–छोरीको जलेर मृत्यु

काठमाडौं– भारतको दिल्लीस्थित अक्षरधाम फ्लाईओभरमा गुडिरहेको कारमा आगो लाग्दा आमाछोरीसहित तीन जनाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र उनका दुई छोरी रहेका छन् । अर्की एक छोरीलाई बचाउन बाबु सफल भएका छन् । 

प्रहरीका अनुसार गाजियाबादका उपेन्द्र आफ्नी श्रीमती र तीन छोरीसँग डट्सन कारमा दिल्लीको कालकाजी जाँदै थिए । उपेन्द्रको कार अक्षरधाम फ्लाईओभरमा आइपुग्दा अचानक आगो लागेको थियो । कारमा आगो लागेपछि उनले कारलाई रोके एक छोरीलाई बाहिर निकाले तर अन्यलाई बचाउन सकेनन् ।

कारको पछाडीको सिटमा बसेका छोरी र श्रीमतीलाई उनले बचाउन सकेनन् । उनका आँखा अगाडी उनीहरु जले ।  घटनाको जानकारी पाएपछि दमकलले आगो निभाएको थियो । 

डीएसपी जसमीत सिंहले कारमा पाँच जना सवार रहेको र तीन जनाको जलेर मृत्यु भएको पुष्टी गरेका छन् । सीएनजी लिक भएर कारमा आगो लागेको आशंका प्रहरीको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्