२९ जेठ २०८३, शुक्रबार

नेपालको पहिलो प्याकेजिङ एक्स्पो ‘प्याकप्रोटेक २०१९’ काठमाडौंमा हुँदै

फागुन २७, २०७५
नेपालको पहिलो प्याकेजिङ एक्स्पो ‘प्याकप्रोटेक २०१९’ काठमाडौंमा हुँदै

काठमाडौं – प्याकेजिङ तथा खाद्य प्रशोधन उपकरण सम्बन्धी एक्स्पो ‘प्याकप्रोटेक २०१९’ काठमाडौंमा हुँदैछ ।

त्रिभुवन विश्वविद्यालयको प्राङ्गणमा फागुन २८, २९ र ३० मा हुन लागेको यो पहिलो एक्स्पो मेसे इन्डिया, इन्स्टिच्यूट अफ प्याकेजिङ मेसिनरी म्यानुप्mयाक्चरर्स अफ इन्डिया तथा ईआरएमकन्सेप्ट्सको संयुक्त आयोजनामा गर्न लागिएको हो ।

नेपालको खाद्य तथा एफएमसिजि बजार १७ प्रतिशतको द्रूत दरमा वृद्घि भइरहेको छ, जुन विश्वको औसत २ देखि २ प्रतिशत आँकडाभन्दा धेरै गुणा ठूलो हो । नेपालमा चाउचाउ, कन्फेक्सनरी र चुरोटको बजार सबैभन्दा बढी वृद्घि हुने क्षेत्रमा पर्छन् भने पेय पदार्थ २० प्रतिशत र वस्तु उत्पादनको वृद्घि २५ प्रतिशतमा रहेको छ । यसैगरी प्लास्टिक उद्योग ११ प्रतिशतको दरले वृद्घि भइरहेको छ ।

थोरै लगानी तथा कामको माग रहेको नेपाली बजारमा प्याकप्रोटेक २०१९ ले संसारमा प्रचलित विभिन्न प्याकेजिङ तथा यसमा आएका प्रविधिको प्रदर्शन गर्नेछ । यस एक्स्पोमा फ्लेक्जीबल प्याकेजिङ सिस्टम, सेकेण्डरी प्याकेजिङ, कार्टुन र विभिन्न प्रकारका लेबलहरूको पनि प्रदर्शनी गरिने छ ।

एक्स्पोमा ‘प्याकेजिङ इनोभेसन एण्ड सोल्युसन’ भन्ने शीर्षकमा एक दिने सम्मेलन हुनेछ । फागुन २९ माहुने सम्मेलनमा प्याकेजिङको महत्त्व र यसबाट व्यापारलाई हुने फाइदाका बारेमा जानकारी दिइने छ । 

सम्मेलनले प्याकेजिङ प्रविधिहरू नेपाली बजारमा बृहत् रुपमा चिनाउनेछ र सहकार्यका अवसर नेपाली व्यापारीलाई दिनेछ ।

सम्मेलनका साथसाथै फागुन २८ र ३० गते ‘पीच सेसन’ हुनेछन्, जसमा यस उद्योगका अनुभवी कम्पनी र व्यक्तिद्वारा प्याकेजिङ सम्बन्धी प्रस्तुती गरिने छन् ।

करीब १०० वटा स्टल राखिने यस एक्स्पोमा प्याकेजिङ, प्रिन्टिङ, खाद्य प्रशोधनका उपकरण, एफएमसिजि, फार्मास्यूटीकल्स आदिसँग सम्बन्धित कम्पनी व्यक्तिहरूको उपस्थिति रहनेछ ।

प्याकप्रोटेक हालमा नेपालको एक मात्र प्याकेजिङ इभेन्ट हो । कम्पनी तथा ब्राण्ड, खाद्य–प्रशोधन तथा पेय पदार्थ, फार्मास्यूटीकल्स उपकरण तथा वस्तु उत्पादनसँग सम्बन्धित उद्योगमा संलग्न व्यक्तिको सहभागिता यस एक्स्पोमा हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्