१५ असार २०८३, सोमबार

गुल्मीमा खरको छाना विस्थापित गर्न मन्त्री ज्ञवालीको पहलमा प्रत्येक पालिकालाई २० लाख

फागुन २७, २०७५
गुल्मीमा खरको छाना विस्थापित गर्न मन्त्री ज्ञवालीको पहलमा प्रत्येक पालिकालाई २० लाख

काठमाडौं – परराष्ट्र मन्त्री एवं गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप ज्ञवालीको पहलमा खरको छाना विस्थापित गर्ने अभियानका लागि १ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

निर्वाचन क्षेत्र अन्तर्गतका ७ वटा गाउँपालिका र नगरपालिकालाई २० लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको हो । 

चुनावको समयमा गरेको प्रतिवद्धता कार्यान्वयनका लागि शहरी विकास मन्त्रालयमार्फत १ करोड ४० लाख रुपैयाँ विनियोजन भएको मन्त्री ज्ञवालीका प्रेस संयोजक सुधन ज्ञवालीले लोकान्तरलाई जानकारी दिए । यो वर्ष प्रत्येक गाउँपालिकाका ४० घरलाई ५० हजार रुपैयाँ अनुदान दिइने छ ।

गुल्मी क्षेत्र नम्बर १ अन्तर्गत रुरु, छत्रकोट, दरबार, कालीगण्डकी, सत्यवती, चन्द्रकोट गाउँपालिका र रेसुङ्गा नगरपालिका पर्छन् ।

salt training

कमेन्ट गर्नुहोस्