३१ जेठ २०८३, आइतबार

भित्रिए चार ब्रुमर, चैतबाट महानगरलको सडक सफाचट !

फागुन २८, २०७५
भित्रिए चार ब्रुमर,  चैतबाट महानगरलको सडक सफाचट !

काठमाडौं । आउँदो चैतदेखि राजधानीको सडकको धुलो ब्रुमरले सफा गर्ने भएको छ । काठमाडौं महानगरले चारवटा ब्रमुर नेपाल भित्र्याएपछि चैत देखि ती ब्रुमर प्रयोग गरी सडक सफा गरिने भएको छ ।

धुलैधुलोले आक्रान्त काठमाडौका सडकमा ब्रुमर संचालन गरेपछि तुलनात्मक रुपमा सडक सफा हुने कामपाले दाबी गरेको छ । इटालीमा निर्मित ती ब्रुमर वल्ड वाइड ट्रेडिङ प्रालिले नेपाल भित्र्याएको हो ।

महानगरले चार महिना अघि टेण्डर आब्हान गर्दा सो कम्पनी छनौटमा परेको थियो । करिब ११ करोड रुपिया बराबरको पाच मध्य चारवटा नेपाल भित्रिएको कामपा वातावरण विभागका निर्देशक पुरुषोत्तम शाक्यले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्