०१ असार २०८३, सोमबार

घट्ने भो बैंकको ब्याज

फागुन २८, २०७५
घट्ने भो बैंकको ब्याज

काठमाडौं । बैंकको ब्याजदर घटाउन बैंकर र व्यवसायीबीच समिति गठन गरी समस्या समाधान गर्ने सहमति भएको छ । बैंक र व्यवसायीबीच भएको बैठकले दुवै पक्ष सम्मिलित समिति गठन गरेर समस्याको समाधान गर्ने सहमति भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ र बैंकर्स संघका पदाधिकारीबीच ब्याजदर घटाउने विषयमा सोमबार भएको छलफलपछि बैंकहरूले ब्याजदर घटाउने योजनाका साथ अघि बढ्ने भएका छन् । दुवै पक्षको सो सहमतिपछि उद्योगी तथा व्यवसायीहरूले राहत पाउने विश्वास गरिएको छ ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले लामो समयदेखि चर्को ब्याजदरको मार खेपेका व्यवसायीले राहत पाउने विश्वास व्यक्त गरिन् । छलफल सकारात्मक भएकाले अब ब्याजदर घट्नेमा व्यवसायी विश्वस्त रहेको उनको भनाइ थियो । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्