
सुर्खेत– बराहताल गाउँपालिका वडा नं ७ पैंयापानी निवासी मन्सरा नेपाली स्वास्थ्य संस्थामा गएर गत वर्षको पुसमा सुत्केरी भइन् । उनी पञ्चपुरी नगरपालिकाको पलैंटेमा रहेको स्वास्थ्य संस्थामा सुत्केरी हुन एक महिना पहिले नै पलैंटेमा जानुपर्ने बाध्यता आयो ।
उनी एक महिना पलैंटेमा रहेका आफन्तकोमा बसेकी थिइन् । उनले स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी हुन गएको बताइन् । उनी अहिले बीस वर्षकी भइन् । उनका श्रीमान् काम गर्न भारत गएका छन् भने उनको पेटमा अहिले अर्को बच्चा हुर्किरहेको छ । घरमा सासु बुहारीमात्रै छन् । ‘घरमा खानेकुरा केहि छैन । पेटमा अर्को बच्चा हुर्किसकेको छ ।’ आँखाबाट आँशु झार्दै उनले भनिन्, ‘अब म पेटको बच्चा कसरी जन्माउँ ?’
एक कट्टामात्र जमीन भएको मन्सराको घरमा खानका लागि अन्न छैन । एकसरो लगाउन लुगाको पनि अभाव नै छ । श्रीमानको यज्ञ नेपाली मंसिरमा भारतको पञ्जावमा होटलमा काम गरिरहेका छन् । उनका ससुराको निधन भएको १२ वर्ष भइसक्यो । काखको बच्चा आगोमा जलेका छन् । उनी भन्छिन्, ‘१४ महिनाको काखे बच्चाको पैसा अभावका कारण उपचार गर्न सकिन ।’
यसैबीच, यसविषयमा बराहताल गाउँपालिकाकी उपाध्यक्ष शोभा कुमारी शर्माले वडा कार्यालयलाई सिफारिस गर्न आग्रह गरेको जानकारी दिइन् । उनले प्रक्रिया पुरा गरेर आएको खण्डमा बाहिर जान पर्ने भए ‘गाउँपालिकाले सहयोग गर्ने बताइन् । ‘सुत्केरी र विरामीहरुको उद्धार गर्न हामीले एम्बुलेन्स खरिद गर्ने गरि अघि बढेका छौं ।’ उनले शुल्क उद्दार गर्ने योजना बनाएको उनको भनाइ छ ।’