
काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले कावासोती र टाँडी शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
बैंकले सोमवार नवलपुरको कावासोती नगरपालिकास्थित कावासोती शाखा कार्यालय र चितवनको रत्ननगर नगरपालिकास्थित टाँडी शाखा कार्यालयको औपचारिक शुरूवात गरेको छ ।
कावासोती शाखा कार्यालयको उद्घाटन कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्दनियाले गरे भने टाँडी शाखा कार्यालयको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण बनले गरे ।
नयाँ शाखामार्फत् बैंकले आफ्ना ग्राहकलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैंकिङ सुविधा उपलब्ध गराएको छ । बैंकले शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरिएको जनाएको छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ९६ वटा शाखा र ६३ शाखारहित बैंकिङ सेवा समेत गरी जम्मा १ सय ५९ स्थानबाट ग्राहकमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । बैंकको देशभर १ सय १९ वटा एटीएम सञ्चालनमा रहेको छ ।
