२७ असार २०८३, शनिबार

बाबुरामले भने– राउतसँग भएको सम्झौता सकारात्मक

फागुन २८, २०७५
बाबुरामले भने– राउतसँग भएको सम्झौता सकारात्मक

सप्तरी– नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले पृथकतावादको नारा छाडेर आएको सिके राउतसँग भएको सरकारको सम्झौता सकारात्मक रहेको बताएका छन् । 

राजविराजमा आज नेपाल प्रेस सोसाइटीद्वारा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री भट्टराईले राउतसँग भएको सरकारको सम्झौतालाई सकारात्मक रुपमा लिनुपर्ने र दुई नम्बर बुँदामा दुवै पक्षबाट दोहोरो अर्थ लाग्ने गरी भइरहेको व्याख्या र अस्पष्टता चाँडै अन्त्य हुनुपर्ने बताए । 

संविधानमा तीनै तहको आ–आफ्नो अधिकार लेखिए पनि कानून बनाउने क्रममा सरकारले प्रदेश र स्थानीय तहको अधिकार केन्द्रमा राख्न खोजेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्