२८ असार २०८३, आइतबार

थप १० देशलाई युरोपियन युनियनको कालोसूचीमा राखियो

फागुन २८, २०७५
थप १० देशलाई युरोपियन युनियनको कालोसूचीमा राखियो

ब्रसेल्स– युरोपियन युनियनले करको कारण कालोसूची रहेको देशको सङ्ख्यामा वृद्धि गरेको छ । 

संयुक्त अरब इमिरेट्स, बरमुडालगायतका दश देशलाई कालोसूचीमा राखेको बताइएको छ । युरोपियन युनियनका शक्तिशाली देश इटालीको विरोधको बाबजुत पनि यी देशहरूलाई कालोसूचीमा राखिएको हो । 

अब युरोपियन युनियनको कालोसूचीमा रहने देशको सङ्ख्या १५ पुगेको छ । सन् २०१७ बाट युरोपियन युनियनले कालो सूचीमा राख्ने प्रक्रिया शुरु गरेको थियो । पनामा पेपरस र लक्सलिक्स जस्ता भष्ट्राचारी काण्डलाई सन् २०१७ मा समेटिएको थियो । 

युरोपियन युपियनले अन्य सात राष्ट्रलाई भने खैरो सूचीमा राखेको जनाएको छ । अरुबा, बेलिज, बरमुडा फिजी, ओमन, भानुआतु र डोमिनिका खैरो सूचीमा परेका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्