
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सीके राउत सँगको सहमतिका विषयमा बाहिर धेरै नबोल्न पार्टीका नेताहरुलाई आग्रह गरेका छन् ।
साफ महिला फुटबलको उद्घाटन गर्न विराटनगर आएका प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै सीके राउतसँगको सहमतिबारे देखिएको विवादका विषयमा पार्टी कमिटिहरुमा छलफल गरेर समस्या समाधान गरिने भन्दै बाहिर धेरै नबोल्न आग्रह गरेका हुन् ।
‘कमिटीमा छलफल गरेर समस्या समाधान हुन्छ साथीहरुले बाहिर धेरै नबोल्दा राम्रो हुन्छ’ दाहालले भने । सरकारको ध्यान पृथकतावादी आन्दोलनमा लागेका मानिसलाई राष्ट्रिय एकतामा र संविधानको स्वीकार्यतामा ल्याउनेतर्फ रहेको
दाहालले मन्त्रिपरिषदमा पुर्नगठनका विषयमा समेत प्रधानमन्त्री केपी ओली सँग छलफल भईरहेको बताए ।
मन्त्रिमण्डलमा हेरफेरका बिषयमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा छलफल भएको उनले खुलासा गरे ।